काठमाडौं– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको मंगलबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको प्रस्तावित लाभांशमा ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७३७.५ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३४७.५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रहेको छ भने प्रस्तावित लाभांश वितरणपछि ८४ करोड ४४ लाख ५० हजार ९८७ पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय