काठमाडौं– प्रभु बैंक र नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बैंक सञ्चालक समितिले प्रस्ताव १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको कम्पनी सचिव अमित भण्डारीले जनाएका छन् ।

त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको १९ प्रतिशत लाभांश सोमबार बसेको मन्त्रीस्तरीय बैठकबाट स्वीकृत भएको हो । बिमा समितिबाट असोज ४ गते नै स्वीकृत भएको थियो ।

आव ०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्बको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश (करसमेत) सोमबार स्वीकृत भएको कम्पनी सचिव विष्णुप्रसाद उपाध्यायले जनाएका छन् ।

दुबै संस्थाको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय