काठमाडौं– सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य शुक्रबार प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको यस दिन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार यसको मूल्य प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार १८५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय