काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं नगरपालिका, वडा नं. ३, पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ । शुक्रबारका दिन बिहान ८ बजेको शुभ साइतमा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवन शिलान्यास गरेको कमपनीले जनाएको छ ।
शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सबै सञ्चालक, संस्थापक सेयरधनीज्यूहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।
बिमा समितिका अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेर शुभ साइतमा शिलान्यास गरेको कम्पनीले जनाएको छ । शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भवन समयमै निर्माण सम्पन्न हुने र यो नमुना भवन हुने जानकारी गराए ।









