काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको शनिबार सम्पन्न सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल संस्थाको चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रहेको छ भने प्रस्तावित लाभांश वितरणपछि१७ करोड ४ लाख ३७ हजार पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय