काठमाडौं– नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य यस दिन प्रतितोला ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आइतबारको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७०० तोकिएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार १९० तोकिएको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।









