काठमाडौं– आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ का लागि वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट हाल कायम पुँजी १० करोडको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने एक करोड ९० लाखबराबरको बोनस सेयर र एक प्रतिशतले हुन आउने १० लाखको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय