काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ ।

उक्त शाखाका प्रबन्धक चेतराज पाण्डेले वडा नम्बर ११ का वडाअध्यक्ष उत्तम अधिकारीलाई पानीट्यांकी हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मीले एक सय तीन शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय