काठमाडौं– धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि मंगलबारको बाँकी समयको कारोबार बन्द गरिएको छ ।

यसअघि मंगलबारै कारोबार खुलेको दुई घन्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घन्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।

कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर ६.०१ प्रतिशतले नेप्से बढेकाले मंगलबारको कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कारोबार अवधिभर ६ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घन्टाभित्रै चार प्रतिशत र दोस्रो घन्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ ।

त्यसपछि पनि ६ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय