काठमाडौं– महालक्ष्मी विकास बैंककोे सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा कोभिड एन्टिजेन, रक्तचाप र सुगरलगायत रोगको निःशुल्क परीक्षण गरिएको बैंकले जनाएको छ ।
स्वास्थ्य शिविरबाट एक सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएको बैंकको विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले एक सय तीन शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।









