काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा रहेका नेपालीले पठाउने रकम (विप्रेषण आप्रवाह) अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे ७ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा विदेशमा रहेका नेपालीले ३१२ अर्ब ४२ करोड रुपैयाँ स्वदेश पठाएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले घटेर २ अर्ब ६३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

अघिल्लो आर्थिक वर्षको अन्तिम महिनातिर र चालु वर्षको सुरुका महिनातिर बढेको विप्रेषण आप्रवाह पछिल्लो समय घट्नुलाई हुन्डी कारोबार बढ्न थालेको संकेतको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय