काठमाडौं– चालु आर्थिक वर्ष २०७८–०७९ को पहिलो चार महिनामा ९६ हजारभन्दा बढी नेपाली रोजगारीका लागि पहिलोपटक बिदेसिएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्तिकसम्मको चार महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६,३८२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । गत वर्ष नेपाल लगायत प्रमुख रोजगार गन्तव्यहरुमा कोरोना महामारी रोक्ने उद्देश्यको लकडाउन जारी रहेका कारण बिदेसिने नेपालीको संख्या त्यसरी घटेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो चार महिनामा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २४९.१ प्रतिशतले बढेको ५९,७२३ पुगेको छ ।

बिदामा आएका नेपालीले फेरि काममा फर्किनु पर्दा पुनः श्रम स्वीकृति लिनुपर्छ । अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय