काठमाडौं– कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७–७८ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकद्वारा प्रस्तातिव लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

त्यसैगरी, बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयरपुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय