काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले करको दायरामा आएका होटल तथा रेस्टुरेन्टहरुलाई २४सै घन्टा खोल्न दिनुपर्ने बताएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित अन्तरमन्त्रालयगत छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । यसो गर्दा व्यवसाय फस्टाउने र राजस्व वृद्धिमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।
त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको पनि उनले बताएको अर्थमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।









