काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाको क्षेत्रमा उक्त कम्पनी देशकै नं. १ भएको दाबी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्यममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको विज्ञप्तिमा जनाएको छ ।

कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारी अनुसार आव २०७८–७९ को पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल साबित भएको दाबी गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बिमाको महत्त्वबारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताए ।

‘हामी समग्र जनतामाझ जीवन बिमाको महत्त्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौं । जीवन बिमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्पभन्दा पनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो,’ चौधरीले भने, ‘स्थापनाकालदेखि आजका मितिसम्म आइपुग्दा तपाईंहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बिमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त ग्राहक, सेयरहोल्ड, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय