काठमाडौं– हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष ०७७–७८ का लागि शतप्रतिशत लाभांश दिने भएको छ ।

मंगलबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांशमा ७५ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ७६ हजार ७८१ बराबरको बोनस सेयर र २५ प्रतिशतले हुन आउने २१ करोड ६९ लाख २५ हजार ५९३ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय