काठमाडौं– सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यस दिन सुन प्रतिऔंस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय