काठमाडौं– बजारमा सुनचाँदीको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ कम हो ।

अघिल्लो दिन तेजावी सुन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य भने परिवर्तन नभएको महासंघले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २६० मा कारोबार भएको थियो । शुक्रबारका लागि पनि त्यही मूल्य कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय