काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष ०७६–७७ को नाफाबाट लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाखको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीद्वारा प्रस्ताव उक्त लाभांश बिमा समितिको स्वीकृति पछि कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय