काठमाडौं– नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
यादव संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख हुन् । उनी शुक्रबार विहान साढे ९ बजेसम्म ठीकै रहेको र पछि कार्यालयमा हाजिर नभएपछि किन आएनन् भनेर हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । ‘अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो,’ यादव संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए ।
मृत्युको कारण खुल्न सकेको छैन ।









