वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा १ करोड ५० लाखभन्दा बढीको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका सामान बरामद गरी राजस्व अनुसन्धानलाई बुझाएको हो ।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भन्सार छलेर ल्याएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । मंसिरमा एक करोड १३ लाख ७० हजार ९३७ र यही पुसको १० गतेसम्म ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।

सोही अवधिमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय