काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.६६ अंकले ओरालो लागेर दुई हजार ५१८.९९ अंकमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अंकले ओरालो लागेर ४७०.९८ मा झरेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कुल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर मूल्यमा गिरावट आयो भने ६ उपसमूहको भने उकालो लाग्यो । बैंकिङ ८.७४, होटल तथा पर्यटन १०.४१, निर्जीवन बिमा ३५.२२, लघुवित्त २६.२८, जीवन बिमा ३९.२५, सामूहिक लगानी कोष ०.०७ र लगानी ०.३७ अंकले घटे ।

यस्तै, व्यापार १६.६९, विकास बैंक ४.८३, जलविद्युत् २४.७८, वित्त १४.७८, उत्पादन १३७.९५ र अन्य ३.२४ अंकले उकालो लाग्यो ।

कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ३९ लाख ४३ हजार ५२७ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक २५ करोड ३७ लाख ३७ हजार ७२४, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ८४ लाख ९१ हजार ९३९, मञ्जुश्री फाइनान्स १२ करोड ४५ लाख ६२ हजार ५७० र नेपाल लाइफ इन्स्योरेन्स नौ करोड ९० लाख ५९ हजार ८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार यस दिन मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।

त्यस्तै, गुर्खाज फाइनान्स ९.९९, सामलिङ पावर कम्पनी ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८८, युनाइटेड इदी मर्दी ४.६५ र प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय