काठमाडौं– मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को उत्कृष्टता हासिल गरिरहेको दाबी गर्दै कम्पनीले मंसिरको प्रथम बिमा शुल्क संकलनमा समेत फड्को मारेको जनाएको छ ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना (मंसिर अन्त्यसम्म)को अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवन बिमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो । कम्पनीले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाण प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो । उक्त अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।

जीवन बिमाको विश्वसनीयता तथा जीवन बिमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन सकिएको जानकारी दिए ।

‘हरेक सूचकमा अब्बलता कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रस्ट पार्दछ ।’ आव ०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय