ललितपुर– जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एन्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा आजैबाट लाउन्ज सञ्चालन हुन लागेको हो ।

कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेस्टुराँमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाइन्छ ।

हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक सांगीतिक लाइभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एन्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिए ।

फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकून् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ । रेस्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । जसका लागि टेरेस रुम, भिआइपी रुम, लाइभ रुम, फेमेली रुम लगायतको व्यवस्था रहेको मिश्रले बताए ।

संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीलाई ध्यानमा राखेर रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्ट विहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालनमा आउनेछ । विहान ११ बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु सञ्चालन गरिनेछ ।

‘विशेषगरी रेस्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राइड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलब्ध छन् । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए ।

अपटाउन रेस्टुरेन्टमा पाँच दर्जनभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । झम्सीखेल चोकमै रहेको रेस्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ । रेस्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत खरिद गर्ने योजना छ ।

पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एन्ड क्लब’को आइडिया फुरेको अर्का सञ्चालक गौरव जैनले बताए । नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एन्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए । नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउन्जमा लाइटिङ सिस्टम हाई टेक्नोलोजी काइनेटिक, आरजिबी स्टिप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ ।

खेलप्रेमीलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठूलो पर्दाको एलइडी स्किनको समेत व्यवस्था गरिएको छ । रेस्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय