काठमाडौं– नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य यस दिन प्रतितोला ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भइरहेको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० थियो ।

त्यस्तै यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय