पाल्पा– आइतबार बिहान बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।

घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको छ । उक्त दुर्घटना बिहान साढे १० बजे भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय