काठमाडौं– नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य बुधबार प्रतितोला ९२ हजार ८०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसारले यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय