काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । उक्त सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्तालाई मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको कम्पनीले जनाएको छ ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले बिनाझन्झट खल्ती’वालेटमा पैसा राखी सबै प्रकारको भुक्तानी गर्न सक्ने भएका कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताबारे टिप्पणी गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले बैंक र खल्तीका लाखौं ग्राहकले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिन सक्नेछन् ।

खल्तीबाट मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय