काठमाडौं– शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ ।









