नयाँ दिल्ली– भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन् ।

हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार ३६३ रहेका छन् । गएको २४ घन्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् ।

सोही अवधिमा थप ३०२ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार १७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय