काठमाडौं– नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पुस महिनामा संक्रमणमध्ये संकलित एक हजार १४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एसजीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

ओमिक्रोनको संक्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई ‘अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन’ निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा नाकामा कोभिड परीक्षणलाई ‘थप सशक्त बनाउने तथा भेटिएका संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको’ जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय