काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले इशान बाल तथा महिला अस्पताल प्रालिमा उपचार सेवा लिँदा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र प्रालिबीच एक सम्झौता भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक रामनन्दनप्रसाद चौधरी र बैंकका बसुन्धारा शाखा प्रमुख विकास देवकोटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले उक्त अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स ̵ रे सेवा, इको, इसिजी र बेड शुल्कमा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय