काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । २५ पुसबाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।

पराजुलीले आफ्ना विगतका अनुभवलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल साबित गर्न लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको भन्दै उनले यसलाई अवसर र त्योभन्दा बढी चुनौतीको रुपमा लिएको टिप्पणी गरे । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो साबित गर्नुपर्ने चुनौती रहेको छ,’ नवनियुक्त सिनियर डिसिओ पराजुलीले भने ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय