काठमाडौं– कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान महासंघ) ले आयोजना गर्न लागेको क्यान इन्फोटेक फेरि स्थगित भएको छ ।
यसअघि नै स्थगित भएको मेला महासंघले आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने गरी तयारी गरेको थियो ।
सोको सम्पूर्ण तयारी गरिसकिएकोमा कोभिड–१९ को तेस्रो लहर सुरु भई सरकारले भीडभाडयुक्त कार्यक्रम आयोजनामा रोक लगाएपछि स्थगित गरिएको महासंघले जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी इन्फोटेक स्थगित भएको जनाएको छ ।









