काठमाडौं– यती एयरलाइन्सको टिकट खल्तीबाट बुकिङ गरी भुक्तानी गर्दा क्यासब्याक पाइने भएका छ । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको जनाएको छ ।

यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको खल्तीको विज्ञप्तिमा उल्लेख छ । फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० रुपैयाँ घट्ने र बाँकी ३०० रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुने बताइएको छ ।

यो अफर जनवरी १३ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुने खल्तीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय