काठमाडौं– नेपालको चालु खाता घाटा तीन सय अर्बभन्दा माथि पुगेको छ । गत मंसिर मसान्तसम्ममा विदेशबाट स्वदेशमा भित्रिने र यहाँबाट बाहिरिने रकमको हिसाब राख्ने चालु खाता ३०० अर्ब ६९ करोडले घाटामा पुगेको तथ्यांक नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता यस वर्ष २ अर्ब ५२ करोडले घाटामा छ ।

गत साउनदेखि मंसिरसम्मको अवधिमा पुँजीगत ट्रान्सफरमा २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले बढेर ७ अर्ब ७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

उक्त अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय