काठमाडौं– विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआइसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेकोमा अब मलेसियाबाट समेत वर्ल्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी साझेदारी भएको छ ।

यसबाट मलेसियामा रहेका नेपालीले वर्ल्ड रेमिटको एप तथा वेबसाइट प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

यसका अलावा विदेशबाट आफूले चाहेको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिने सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समय बचत गर्दै आफन्तलाई तत्काल रकम पठाउन सक्ने बताइएको छ ।

मलेसियमा रहेका नेपालीले वर्ल्ड रेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal  मा लग इन गरी आवश्यक विवरण भरेर पनि रकम पठाउन सक्ने बताइएको छ ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, पोल्यान्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिंगापुर लगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय