काठमाडौं– नेपाल आयल निगमले मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टितेल लिटरमा तीन–तीन रुपैयाँ बढाएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरको १२२ रुपैयाँ र पेट्रोलको मूल्य १३९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बढेको मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरको १०६ रुपैयाँ कायम गरिएको छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । खना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय