काठमाडौं– महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ ।

बैंकले उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग गरेको छ ।

उक्त सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । हाल उक्त बैंकले एक सय तीन शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय