काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच तनाव बढिरहेकै बेला युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।

‘रुसले युक्रेनमा आक्रमण गरेमा उसलाई जवाफदेही बनाइनेछ । यदि युक्रेनमा आक्रमण गर्यो भने त्यो रुसको लागि विनाशकारी हुनेछ,’ बाइडेनले भने ।

हाम्रा साझेदार र सहयोगीहरू रुस तथा उसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । ‘रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन,’ बाइडेनको थप चेतावनी छ ।

तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताएका छन् । ‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु, रूसीहरूका लागि यो महँगो पर्नेछ,’ उनले भने ।

युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ ।

‘उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन । मेरो अनुमान छ कि उनी भित्र जान्छन् । उनले केही गर्नुपर्छ,’ बाइडेनले सोभियतपछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको बर्णन गर्दै भने, ‘उनी चीन र पश्चिमबीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन् ।’

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय