काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

‘विश्वविद्यालयअन्तर्गत हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको तथा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरिएको छ,’ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय