काठमाडौं– नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने भएको छ । एफटिटिएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्न लागेको हो ।
कम्पनीले फोरजी एलटिई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्रदान गर्न टेलिकमले साइबरनेटिक्स प्रालिसँग सम्झौता गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।









