काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेडका पूर्वअध्यक्ष तथा पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

सुत्ने बेलामा स्वास्थ्यमा केही समस्या आएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एकजना मात्र जीवित थिए । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए ।
नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका थिए । व्यवसायका साथै उनी नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय थिए ।

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टिअघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय