काठमाडौं– एनआइसी एसिया क्यापिटलले चालु वर्षको पुस मसान्तसम्ममा ५ करोड ४९ लाखभन्दा बढी मुनाफा कमाएको जनाएको छ ।

क्यापिटलको आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले खुद मुनाफा ५ करोड ४९ लाख ६९ हजार देखाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । योसँगै कम्पनीको प्रतिसेयर आम्दानी ५४.९७ कायम भएको छ ।

यस वर्षको दोस्रो त्रैमाससम्मको प्रतिसेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ७५.५९ प्रतिशतले बढी भएको कम्पनीको भनाइ छ ।

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत २०७८ साल पुस मसान्तसम्मा १० वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गरिरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोलमार्फत शेयर बिक्री गरेको जनाएको छ ।

साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नको लागि आशयपत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल सेवा प्रदान गर्ने बताइएको छ ।

क्यापिटलले गत पुस मसान्तसम्म ५ लाख २९ हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको दाबी गरेको छ । क्यापिटलले समग्र बजारको ११ प्रतिशत हिस्सा ओगटेको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय