काठमाडौं– कियाले नेपालमा आफ्नो पहिलो हाइब्रिड एसयुभी किया सोरेन्टो सार्वजनिक गरेको छ । कोरियाली अटो निर्माताले कियाले ७–सिटर किया सोरेन्टो हाइब्रिड नेपाल ल्याएको हो ।

१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीले चल्ने सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी भएको कम्पनीको दाबी छ ।

यसमा ७ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र लगायत धेरै सुरक्षा विशेषता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

‘किया सोरेन्टोले बाह्य र भित्री सुविधाहरूको कमान्डिङ लाइनहरू पनि प्रदान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको अगाडिको छेउमा फराकिलो स्विपिङ ग्रिल रहेको छ, जुन मानकको रूपमा आउने एलइडी बत्तीहरूसँग निर्बाध रूपमा एकीकृत हुन्छ ।’

सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय