काठामडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय