काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ ।
बुधबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको बोनस सेयर रहेका छन् ।
कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।









