काठमाडौं– सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार मा कारोबार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो ।
त्यस्तै, बिहीबार चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २९० कायम भएको महासंघले जनाएको छ ।









