काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य निकै घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ तोकेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार २६५ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय