काठमाडौं– कोरोना संक्रमणको जोखिमको बहानामा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले थप एक हप्ता सेवा नदिने भएको छ ।

प्रशासनले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ ।

यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको थियो । यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ ।

पालिकाले सूचना जारी गर्दै वडा नं १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मंगलबार समय तोकिएको छ भने वडा नं ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए ।

सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय